निर्वाचित भएलगत्तै ल्याण्डफिल्ड साइट हटाउँछौँ,एयरपोर्ट सञ्चालन गछौँ : धनराज

हिमाली आवाज । गठबन्धन दलका मेयरका साझा उम्मेदवार धनराज आचार्यले ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उम्मेदवार आचार्यले व्यवस्थापनमा पटक पटक भईरहको विवाद बारे बोल्दै ल्याडफिल्ड साइडको समस्या तत्काल समाधान गर्ने समेत बताउनुभयो । अन्तराष्टिय विमानस्थल शिघ्र संचालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभएको छ ।

पोखरा महानगर वडा नं १४ मा गठबन्धन दलद्धारा आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार आचार्यले कृषि, सिंचाई र सडक निर्माण गरी वडा नं १४ लाई नमुना वडाको रुपमा विकास गर्ने बताउनुभएको हो । आचार्यले विजयपुर र भरतपोखरीबाट बाटो निर्माण गरी वडा नं २७ र वडा नं ३३को केन्द्रविन्दु वडा नं १४ लाई बनाउने प्रतिबद्धता समेत जनाउनुभयो ।

उपमेयरका उम्मेदवार कोपिला रानाभाटले वडाको विकास र सुशासन वडाबासीको मुख्य सपना हुने बताउँदै त्यो सपना पुरा गर्नु आफ्नो पहिलो दायित्व हुने प्रतिबद्धता जनाउनुभयो ।

वडा नं १४ मा भएको भएको सार्वजनिक जग्गालाई पार्क निर्माण गरी पर्यटकीय हवको रुपमा विकास गराउन सकिने बताउँदै त्यसका लागि आफुले जीत पछि पहल गर्ने जनाउनुभयो । वर्षातको समयमा हुने डुवानको विषयमा बोल्दै उम्मेदवार रानाभाटले महिला तथा बालबालिकाको सवालमा आफु गम्भीर रहेको बताउँदै महानगरलाई महिलामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...