स्थानीय तह निर्वाचनको मतदानको समय सकियो,आजैदेखि गणना

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत देशका केही भागमा छिटुपुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगले विहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेकामा शान्तिपूर्ण रुपमा मतदान सकिएको हो ।
आयोगले देशभर छिटपुट बाहेक अधिकांश केन्द्रमा शान्तिपुर्ण मतदान भएको आयोगले जनाएको छ।

मतदान कार्य सकिएलगत्तै मतपेटिका संकलन गरिने र आजै बेलुकीदेखि मतगणना सुरु हुने आयोगले जनाएको छ ।

Comments
Loading...