कास्कीको माछापुच्छ्रेमा निर्वाचन शान्तिपूर्ण, ७४ प्रतिशत मत खस्यो

हिमाली आवाज । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज सम्पन्न निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा १५ हजार १३८ मत खसेको छ ।  जुन कुल मतदाताको ७४ दशमलव ५१ प्रतिशत हुन आउँछ । गाउँपालिकाका मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

माछापुच्छ्रेका नँौ वडामा गरी सो संख्यामा मतदान भएको हो । माछापुच्छ्रेमा कुल मतदाता २० हजार ३१६ रहेकामा १५ हजार १३८ ले आफ्नो मत जाहेर गरेका छन् ।

माछापुच्छ्रेका वडा नं १ मा एक हजार २७८ र वडा नं २ मा दुई हजार ११४ मत खसेको छ । वडा नं ३ मा एक हजार ७८२, वडा नं ४ मा दुई हजार ३७४, वडा नं ५ मा एक हजार १६८, वडा नं ६ मा दुई हजार ८०, वडा नं ७ मा एक हजार ५७१, वडा नं ८ मा एक हजार ६८८ र वडा नं ९ मा एक हजार ८३ मत खसेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

Comments
Loading...