पोखराको हेमजामा हुने शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाली आवाज । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

हेमजा युनाइटेड क्लबको आयोजनामा फुटबल एकेडेमी संचालानार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ ।  प्रतियोगिताको आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुँबरले जानकारी दिनुभयो । उहाँका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको मात्रै काम बाँकी रहेको छ । त्यो बाहेक प्रतियोगिताका अन्य तयारी सकिएको छ ।

प्रतियोगितामा १ विदेशी सहित ८ टिम सहभागि हुने छन् । पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा ! रारा गोल्डकपबाट प्रेरणा मिलेको बताइन्छ । पोखरामा एक मात्रै आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ आइरहेको अवस्थामा पोखराबाट ग्रामिण भेगमा समेत गोल्डकप गर्न सकिने भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको कुँबरले बताउनुभयो ।

‘पोखरामा एक मात्रै गोल्डकप हुदैँ आइरहेको थियो अब हामीले पनि संचालन गर्ने तयारी गरेका हौँ’ उहाँले भन्नुभयो,‘आहा! रारा गोल्वडकपकै प्रेरणले हामीलाई उर्जा थपेको हो । पोखरालाई खेलकुदको राजधानी बताइरहँदा यस्ता प्रतियोगिताले थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं । ’

प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरिएको छ ।  ‘हामीले सबै ए डिभिजन क्लबलाई आमन्त्रण गरेका छैनौं । मोफसलमा गोल्डकप जितेका टिमहरुलाई समेत आमन्त्रण गरेका छौं ताकि उनीहरुको हौसला बढोस् र हाम्रा खेलाडीको पनि ।’  उहाँले भन्नुभयो ।

स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Comments
Loading...