नेल्टाको पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिमको समापन

हिमाली आवाज । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा सञ्चालन भएको पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिम आज समापन गरिएको छ ।

नेल्टाले गत असार १३ देखी दुई हप्ता तालिमको आयोजना गरेको थियो । तालिममा विभिन्न जिल्लाबाट गरी २० जनाको सहभागिता थियो । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा उहाँले उन्नत प्रविधिका माध्यमबाट बढी उत्पादन दिने नश्लको विकास गर्दै उत्पादन वृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुन, पशु सेवा तालिम केन्द्रका प्रमुख डा शोभा शर्मा, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय सदस्य विश्वराज आचार्य, तालिम संयोजक सपना लक्ष्मी घिमिरे नेल्टाका केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठ, नेल्टाका केन्द्रीय सदस्य डिल्लीराम रेग्मी, गण्डकी प्रदेशका संयोजक सहदेव पौडेल, कास्की अध्यक्ष वसन्त कोइराला लगायतले स्वरोजगार सिर्जना र कृषकलाई सहजताका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेल्टाका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले आफ्नो संस्थाले स्थापनाको छोटा अवधिमानै देशका अधिकाँस जिल्लाहरुमा संगठन विस्तार सहित विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

Comments
Loading...