राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक जस्ताको तस्तै आजै पारित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै १५ बुँदे सन्देश सहित प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गरिने भएको छ । सत्तापक्षले विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रपति काँहा पठाउने तयारी गरेको छ ।

प्रतिनिधीसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ ।

प्रतिनिधीसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा खाँणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी पहिलो प्रस्ताव राख्नेछन् । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नुहुनेछ ।

सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले आइतबार संसद्मै फिर्ता गर्नुभएको थियो ।

Comments
Loading...