पोखरामा अब दैनिक १३५० मै सुजुकीको नयाँ कार

हिमाली आवाज । पोखरा तथा गण्डकी प्रदेशवासीले अब दैनिक एक हजार ३५० रुपैयाँ लगानी गर्दा सुजुकीको नयाँ सेलेरियो कार चढ्न पाउने भएका छन् ।

मारुती सुजुकीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रर्दश प्रालिले दैनिक सो मुल्य लगानी गर्दा सेलेरियो कार चढ्न पाउने अफर ल्याएको हो ।

बतास ब्रदर्शका बिक्री प्रवन्धक नवराज अधिकारीले दैनिक सानो रकम जम्मा गरेर पनि कार चढ्ने अवसर प्रदान गर्नका लागि सो अफर ल्याइएको बताउनुभयो । यससँगै कम्पनीले ७० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ ।

सेलोरियो गाडीको मुल्य रु २८ लाख रहेको छ । कम्पनीले ७० प्रतिशत फाइनान्स सुविधा उपलव्ध गराएकाले आगामी पाँच वर्षसम्म दैनिक रु १ हजार ३५० का दरले किस्ता भुक्तानी गर्नुपर्ने बताइएको छ ।

बिक्री प्रवन्धक अधिकारीले भन्नुभयो,“सुजुकी सेलोरियो कार अहिले अधिकाँसको रोजाईमा परेको छ । एकैपटक सम्पूर्ण रकम लगानी गर्न नसक्नेहरुलाई सुविधा दिन यो योजना ल्याएका हौँ, यसबाट न्यून आम्दानीको स्रोत भएकाहरु धेरै जना लाभान्वित हुने विश्वास छ । ”

Comments
Loading...