टुँडिखेल तीज मेला:ठेलो प्रतियोगितामा सुनार प्रथम

हिमाली आवाज । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमा जारी ऐतिहासिक तीज मेला २०७९ अन्र्तगत बुधबार सम्पन्न ठेलो प्रतियोगितामा किरण सुनार प्रथम हुनुभएको छ ।

नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा जारी मेलाको छैटौ दिनमा गरिएको प्रतियोगितामा सहभागी अन्य १४ जना प्रतिस्पर्धीहरुलाई पछि सुनार प्रथम हुन सफल हुनुभएको हो ।

लोप हुदै गएको परम्परागत खेल ठेलोको संरक्षण एंव प्रचार गर्ने उदेश्य सहित आयोजना गरिएको प्रतियोगितामा प्रथम भएका सुनारले १२ किलोको ठेलो ४१.६ फिट पर फाल्दै अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्नुभयो । ठेलो ४०.३ फिट पर फाल्दै रोहित सुनार द्धितीय र ठेलो ३७.१० फिट पर फाल्दै राजेश गुरुङ तृतीय हुनुभएको प्रतियोगिताका संयोजक रुद्र लुईटेलले जानकारी दिनुभयो ।

विजेताहरु प्रथम, दोस्रो र तेस्रोले क्रमश १२ हजार एक रुपैया, सात हजार एक रुपैया र पाँच हजार एक रुपैया पुरस्कार पाउनुहुने छ । संयोजक लुईटेलका अनुसार विजेताहरुलाई दिईने पुरस्कार शुक्रबार हुने मेला समापन समारोहमा वितरण गरिने भएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिलका वडा नम्वर १ का वडा सदस्य रामजी पौडेल र आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले ठेलो हान्दै गर्नुभयो ।

मेलाको समय एक दिन थप
१० भदौदेखि सुरु ऐतिहासिक तीज मेलाको समय एक दिन थप गरिएको छ । १६ गतेसम्म संचालन हुने भनिएको मेलाको समय एक दिन थप गरिएको हो । मेला अवलोकनका लागि आउने दर्शकहरुको आग्रहका कारण समय एक दिन थप गरिएको आयोजक केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिताहरु आयोजना गरिएका छन । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा लगायतका विभिन्न स्टलहरु सगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ । यस्का साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ ।

मेलामा बुधबार चर्चित र्यापर आशिष राना अर्थात लाउरेले आफनो प्रस्तुती दिनुभयो । लाउरेले आफना आधादर्जन चर्चित गित मार्फत दर्शकलाई मनोरञ्जन दिनुभयो भने बिहिबार राजु परियार, सन्तोष वस्याल, शिवहरी ढुङाना, जुना शिरिष मगर लगायतका कालाकारहरुले आ आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने कार्यक्रम छ ।

Comments
Loading...