हिमाली आवाज । अखिल (क्रान्तिकारी)को केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविना अधिकारी चयन हुनुभएको छ ।
‘सम्पति र सत्तामा समान सहभागिता, शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता’ भन्ने मुल नारासहित भाद्र २५ र २६ गते दुइ दिनसम्म चलेको चितवनको केन्द्रीय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो।

चितवनस्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्दसत्रले विभागको उपप्रमुखमा विद्यार्थी नेतृहरु देवकी कार्की र पार्वति शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको छ ।
माओवादी (केन्द्र)का उपमहासचिव एवं उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषालले रामपुर स्थित कृषी क्याम्पसमा उद्घाटन गरेको भेलालाई अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह सहित पुर्व विद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी (केन्द्र) चितवन अध्यक्ष आर.सी अधिकारी लगायतले प्रशिक्षण दिएको दिनुभएको थियो ।