पोखराको लेकसाइडमा तीन करोड लगानीमा खुल्यो “ब्लुज हाउस” रेष्टुरेन्ट एण्ड बार

गणेश पहारी ।

हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड गैराको चोतारामा नयाँ रेष्टुरेन्ट “ब्लुज हाउस” संचालनमा आएको छ । पोखरा ६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मीलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठले सयुक्त रुपमा लगानी गरी रेष्टुरेन्ट संचालनमा ल्याउनुभएको हो ।

पर्यटन क्षेत्रमा लामो समय विताएका युवा ब्यवसायीहरुले करिब ३ करोड रुपैयाको लगानि गरि संचालनमा ल्याइएको रेष्टुरेन्टमा २० जनालाई रोजगारी दिईएको संचालक समितिका अध्यक्ष ईश्वर बरालले जानकारी दिनुभयो ।

“खाना र संगित को कला” भन्ने आर्दशलाई आत्मसाथ गर्दै ब्यवसाय संचालनमा लाएका छौ । विजयादशमीको सुभारभ्भ सँगै घटस्थापनापर्वको दिन पारेर रेष्टुरेन्ट संचालनमा ल्याइएको हो । बरालले भन्नुभयो ।

खाना सँगै संगितको कला मार्फत ग्राहकलाई मनोरञ्जन दिने उदेश्यले रेष्टुरेन्टको आकृर्ति पनि तेही अनुरुपमा डिजाइन गरिएको अध्यक्ष बरालले बताउनुभयो । अध्यक्ष बरालको एक रोपनी पैतृक सम्पतिमा रेष्टेरेन्ट रहेको छ । नेपाली र स्थानिय कला संस्कृति झल्कने गरि बनाइएको रेष्टुरेन्टबाट साँझमा फेवा तालमा देखिने छाँया नै रेष्टुरेन्टको विषेशता रहेको छ ।

रेष्टुरेन्टको सोमबार पोखरा महानगर पालिका वडा नं ६का वडा अध्यक्ष विष्णु बहादुर भट्टराई र स्थानीय समाजसेवी राधादेवी बरालले सयुक्त रुपमा उद्धघाटन गर्नुभयो । भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोचले खोलेको रेष्टुरेन्टको सफलताको शुभकामना व्यक्त गर्दै स्थानिय युवाहरुले सुरुवात गरेको व्यवसायलाई स्थानिय बासिन्दाहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

विदेशमा गएर गरिने मेहेनत र लगानी नेपालमै गर्न सकियो भने विदेशमा गएर बगाएको पसिना भन्दा आफ्नै क्षेत्रमा बगाएको पसिनाको महत्व बढी हुने उहाँको भनाई छ ।

समाजसेवी एवं अध्यक्ष इशवरका आमा समेत रहनुभएकी राधादेवी बरालले ‘युवाहरुको जोश जागर लाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समवृद्दि तर्फ आगाडि बढ्ने’ विश्वास व्यक्त गर्नुभयो ।

यसअघि पनि रेष्टुरेन्ट ब्यवसाय संचालन गर्दै आएका लगानी कर्ता मिलन गुरुङले नेपाली युवाहरुलाई नेपालमै स्वरोजगार हुन प्ररित गर्ने उदेश्यले रेष्टुरेन्ट सन्चालनमा ल्याएको बताउनुभयो । भविष्यमा पोखराका अन्य ठाँउमा पनि शाखा खोल्ने योजना उहाँले सुनाउनुभयो ।

चाइनिज, इटालियन र कन्टिनेन्टल खानाको परिकारहरुको स्वाद लिन पाइने रेष्टुरेन्टमा सुभारम्भ तथा चाडपर्वको अवसरमा हरेक मेनुमा २० प्रतिशत सम्म छुट दिइने गुरुङको भनाई छ ।

Comments
Loading...