दमौली । तनहुँको ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।
मङ्गलबार साँझ करिब साढे ६ बजेको समयमा घर नजिकै बसिरहेका ८ वर्षीय अभिनव कुँवरको चितुवाको आक्रमणमा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोली त्यसतर्फ परिचालन गरिएको जानकारी दिनुभयो ।

गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।
तनहुँको बन्दिपुर, भानु र ब्यासमा चितुवा आक्रमणको बिगबिगी छ । ती पालिकाहरुमा दर्जनभन्दा बढि बालबालिकाहरुले ज्यान गुमाईसकेका छन् भने केही घाइते भएका छन् ।
मानव बस्ती र जङ्गलबीचको दुरी घट्दै जाँदा र शिकारमा कमी आउँदा जङ्गली जनावर बस्तीमा पस्ने र मानवलाई नै आक्रमण गर्ने अवस्था बढ्दै गएको विज्ञहरु बताउँछन् ।