कास्कीका तीन वटै क्षेत्रको पछिल्लो मत परिणाम यस्तो छ(मत सहित)

हिमाली आवाज । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । कास्कीका तीन वटै क्षेत्रमा अहिले मतगणना चलिरहेको छ ।

तीनवटै क्षेत्रको पछिल्लो मत परिणाम अनुसार कास्की क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ५हजार ८०६ मत सहित अग्रता बनाउँदा नेपाली काग्रेसका किशोरदत्त बरालले पाँच हजार ५२ मत पाउनुभएको छ । यसैगरी सोही क्षेत्रको प्रदेशभा १(२)मा नेकपा एमाले बेदबहादुर गुरुङले ६ हजार ११ मत सहित अग्रता बनाउँदा नेपाली काग्रेस दिपक गुरुङ माइला ५ हजार ३७५मत सहित पछ्याइरहनुभएको छ ।

यसैग्री कास्की क्षेत्र नं २ मा नेकपा एमाले उम्मेदवार विद्या भट्टराई पाँच हजार ५८८ ले अग्रस्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधब प्रसाद कँडेल ५ हजार १९४ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालको दुई हजार ९५४ मत छ । यसैगरी यस क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका भीम कार्की छ हजार ३९६ मत सहित अग्रस्थानमा रहँदा राप्रपाका विजय बहादुर भण्डारीको पाँ हजार ५२ मत छ । माओवादीका विश्वप्रकाश लामिछानेको तीन हजार १९६ मत छ ।

कास्की निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार दामोदार पौडेल बैरागी ६ हजार ८३९ मत सहित अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल ५ हजार ५७० मत सहित बैरागीलाई पछ्याइरहनुभएको छ ।

नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालको ४ हजार ८३८ मत छ । यसैगरी प्रदेशसभा ३(१)मा नेकपा एमालेका उम्मेदवार गणेश गुरुङ ८ हजार ७४६ मत सहित अग्रस्थानमा रहँदा माओवादी केन्द्रका नेकपा माओवादी दुर्गादत्त भण्डारीले पाँच हजार ३९९ मत ल्याउनुभएको छ । यहाँ राप्रपाका केदारनाथ पौडेलको दुई हजार १४७ मत ल्याउनुभएको छ ।

Comments
Loading...