हिमाली आवाज । नेपाली काँग्रेस कास्कीले पार्टीका महासमिति सदस्य महिला नेत्री टेकन शोभा गुरुङको अल्पायुमै भएको निधनले पार्टी स्तव्ध बनेको जनाएको छ ।
पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले आज एक शोक विज्ञप्ति जारी गरी गुरुङको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको जनाउनुभएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने टेकनशोभा सिद्धान्तप्रति निष्ठावान कर्मशील, अत्यन्त सरल र प्रष्टवादी हुनुहुन्थ्यो । विभिन्न आमा समुह लगायत का सामाजिक क्षेत्रमा क्रियाशिल रही वहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको कास्की काँग्रेसले जनाएको छ ।
पार्टीको आदर्श, सिद्धान्तप्रति निष्ठावान उहाँको निधनले पार्टीको संगठनमा गम्भीर क्षति पुगेको काँग्रेसले जनाएको छ । गुरुङको पार्थिव शरिरमा आज नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्ग, पूर्वमन्त्री एवम् पूर्व जिल्ला सभापति यज्ञ वहादुर थापा, क्षेत्रीय सभापति मनोज गुरुङ्ग लगायतले पार्टीको चारतारे झण्डा अोढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । स्व गुरुङको अन्त्येष्टी माछापुछ«े गाउँ पालिका वडा ३ स्थित रातोपानी घाटमा भएको थियो ।
माछापुछ«े गाउँ पालिका वडा नं. ३ घाचोक निवासी स्व गुरुङ बिगत लामो समयदेखि क्यान्सर रोगवाट पिडित हुनुहुन्थ्यो । उहाँको महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो ।

