युआरएल विरौटा अध्यक्षमा बिमला भण्डारी चयन

हिमाली आवाज । युआरएल विरौटाको अध्यक्षमा विमला भण्डारी चयन हुनुभएको छ । मंगलबार भएको युआरएल विरौटा डायग्नोस्टिक प्रालिका सेयर लगानीकर्ताको भेलाले भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चुनेको हो ।

उपाध्यक्षमा शिवबहादुर थापा र सचिवमा शशिधर पौडेल तथा सदस्यहरुमा सूर्य पौडेल, गीता लामिछाने, कृष्णप्रसाद ढकाल र सन्दीप अर्याल रहनुभएको छ । संस्थाको पदेन सदस्यमा युआरएल ग्रुपका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रवन्ध निर्देशक गणेशप्रसाद कोइराला हुनुहुन्छ ।

युआरएल विरौटाले गएको मंसिर २३ गतेबाट सेवा आरम्भ गरेको हो । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले अहिले मुख्य कार्यालयसहित १० शाखा, ४ सेवा केन्द्र र ४ कलेक्सन सेन्टरबाट सेवा दिइरहेको छ ।

डेढ करोड लगानीमा पोखरा १७ र आसपासका सेवाग्राहीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । सेवा सुरुआतको अवसरमा पुस महिनाभर मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ ।

युआरएल ग्रुपका अध्यक्ष पन्तले गण्डकी प्रदेशवासीलाई स्थानीय रुपमा अत्याधुनिक ल्याब सेवा प्रदान गर्न लागिपरेको बताउनुभयो । उहाँले युआरएल फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिइने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...