हिमाली आवाज । पोखरामा आफ्नै घरको छतमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१६ माथिल्लो दीप बस्ने वर्ष १९ का श्रम गुरुङ आज विहान आफ्नै साढे २ तलाको घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाईनको करेण्ट लागी घाईते हुनुभएको थियो ।
करेन्ट लागेर गम्भीर घाइते गुरुङको उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइन्छ ।

