व्यवसायीलाई एकतावद्ध बनाउँदै व्यवसायको प्रवद्र्धन गर्दै टेवान

हिमाली आवाज । पर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ ।

विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिबृद्धि गर्दै सामुहिक रुपमा व्यवसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो ।

विभिन्न व्यवसायमा आवद्ध व्यवसायी एवम् व्यवसायिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि सहित ९५ जनाको सहभागिता रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा टेवानका सल्लाहकार एवम् बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टर्राले व्यवसायिक सफलताका लागि सबै किसिमका व्यवसायीबीच समन्वय हुनु जरुरी रहेको बताउनुभयो । यस किसिमका कार्यक्रमले सामुहिक रुपमा व्यवसायिक सफलता हासिल हुने उहाँले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले पर्यटनसँग सम्बन्धित मात्र नभै अन्य किसिमका व्यवसायीलाई पनि एकै थलोमा ल्याएर छलफल एवम् अन्तरक्रिया गरिनु महत्वपूर्ण रहेको बताउनुभयो ।

संघका अध्यक्ष गिरीको सभापतित्व एवम् महासचिव अनिता खड्का भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष प्रभा सुवेदी, सदस्य एवम् कार्यक्रम संयोजक शान्ता सुवेदी लगायतले बोल्नुभएको थियो ।

उक्त अवसरमा मीर्सा सामुदायिक होमास्टे, हुस्टन एजुकेशन सेन्टर, क्वीन हुक्का सप, गो बञ्जी नेपाल लगायतले स्टल मार्फत व्यवसायको प्रवद्र्धन गरेका थिए ।

Comments
Loading...