पोखराका व्यवसायी एवं सहकारीकर्मी गौतम विरगञ्जमा मृत फेला

हिमाली आवाज । पोखराका व्यवसायी एवं सहकारीकर्मी बलराम गौतम विरगञ्जमा मृत फेला पर्नुभएको छ ।

गत माघ २ गतदेखी सम्पर्कविहीन हुनुभएका गौतम शनिबार विहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारजनले जनाएको छ ।
गौतम सम्पर्कविहिन भएदेखीनै उहाँको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोवाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाउनुभएको थियो । गौतमलाई हृदयघात भएको आशंका गरिएको छ ।

नेकपा(एमाले)का युवा नेता इमानराज पौडेलका अनुसार सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको छ । त्यसपछि शौचालय गएको देखिने र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिने पौडेलले जानकारी दिनुभयो । प्रहरीले हिजो विहान ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको छ ।

पोखरा–१९,साबिक पुरुन्चौर–५,उपल्लो चुरुङ्गा घर हुनुभएका गौतम हाल पोखरा –४ गैह्रापाटन बस्नुहुन्थ्यो । उहाँको गैहपाटन निवासदेखी विहान ९ बजे शवयात्रा सहित तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गौतम नेकपा(एमाले) गण्डकी प्रदेश कमिटी सदस्य समेत हुनुहुन्थ्यो । उहाँका श्रीमति र तीन छोरी हुनुहुन्छ ।

Comments
Loading...