शितल ज्योति कप फुटबल:कमलपोखरी, रत्न सेवा, भद्रकाली र मिलनटोल विजयी

हिमाली आवाज । पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत बुधबार आयोजना भएका खेलहरुमा कमलपोखरी‘बी’, रत्न सेवा समाज, भद्रकाली एफसी र मिलनटोल विजयी भएका छन् ।

पोखराको अमरसिँह चौरमा सञ्चालन भएको बुधबारको पहिलो खेलमा कमलपोखरी ‘बि’ ले वि—१३ क्लबलाई टाइब्रेकरमा २—१ गोलले हराएको छ ।नियमित समयमा दुवै टोलीमा समान एक÷एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलको दोस्रो हाफको वि—१३ का मनिल गुरुङ र कमलपोखरीका सरोज गुरुङले गोल गर्नुभएको थियो ।

बुधबारको दोस्रो खेलमा रत्न सेवा समाजले बिटि क्लबमाथि १—० को कठिन जित निकाल्न सफल भयो । पहिलो हाफको १६ आँैँ मिनेटमा कुमार फगामीले गरेको गोल निर्णायक बन्यो ।शितलज्योती ए र भद्रकाली एफसीबीच भएको प्रतिस्पर्धामा नियमित समयमा दुबै टोलीबाट गोल हुन नसक्दो खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भद्रकालीले २—१ गोलले शितलज्योतीलाई पराजित गर्न सफल भयो ।

मिनलटोल र शितलज्योती ब्लु बीचको चौथो खेलमा मिलन टोलका सुजन गुरुङले दोस्रो हाफको २८ औँ मिनेटमा गरेको एक मात्र गोल टोलीलाई अघिल्लो चरण प्रवेश गराउन निर्णायक बनेको प्रतियोगिताका रेफ्री सौरव गुरुङले जानकारी दिए ।यही फाुगन २० गतेदेखी सुरु भएको प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने टिमले १० हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगताको फाइनल खेल फागुन २७ गते हुने आयोजकले जनाएको छ ।

Comments
Loading...