मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

हिमाली आवाज । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा मागेको छ । काँग्रेसले अधिकारी सरकार अल्पमतमा परेकाले राजीनामा दिन भनेको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोना गरी नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने जनाएको छ ।

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भन्नुभयो,“ माओवादीले साथ छाडिसकेकाले सरकार अल्पमतमा परिसक्यो । बहुमत जुटाउने सम्भावनापनि देखिदैन । यस्तो अवस्थामा राजिनामा दिएर मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ ।”

काम चलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, नियुक्ती र सरुवा बढुवालगायतका कार्य गर्नु न्यायोचित नहुने काँग्रेसले जनाएको छ । वर्तमान अल्पमतको सरकारले गरेका निर्णयबाट आर्थिकलगायतका दायित्व सिर्जना भएमा सो दायित्व नया सरकारले लिन बाध्य नहुने दलका नेता पाण्डेले बताउनुभयो ।

Comments
Loading...