पोखराको शिवशक्ति माविमा शिक्षक र विद्यार्थीलाई आचारसंहिता

हिमाली आवाज । पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक सोमबार सम्पन्न भएको छ ।

संयुक्त बैठकले विद्यार्थीको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता सर्वसम्मतले पारित गरेको छ । आचारसंहिताको पालनाले विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्ने मात्र नभएर विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकमा अन्तिम परीक्षाको नतिजाको बारेमा समेत बृहत छलफल भएको छ । बैठकमा शिक्षक तथा कर्मचारीका तर्फबाट आफ्नो भनाई राख्दै सहायक प्रधानध्यापक बालकृष्ण बाँस्तोलाले विद्यालयको वर्तमान अवस्था र विद्यार्थीलाई आउँदा दिनमा कसरी सक्षम र सबल बनाउन सकिन्छ भन्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रधानध्यापक शम्भुराज बाँस्तोलाले विद्यालय अंग्रेजी माध्यममा गइसकेको तथा प्रविधिलाई आत्मसाथ गर्दै अब अगाडि बढ्ने बताउनुभयो । प्रत्येक शिक्षकले विद्यालयमा बालमैत्री वातावरण बनाउनुपर्ने कुरामा जोड दिँदै विद्यालय भर्ना अभियानलाई सशक्त्त रुपमा अगाडि बढाउनुपर्नेमा उहाको जोड थियो ।

शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त प्रयासबाटनै लक्ष्यमा पुग्न सकिने भएकोले विद्यार्थी तथा अभिभावकको आर्कषण थप्ने अभियानमा जुट्न बास्तोलाले आग्रह गर्नुभयो ।

Comments
Loading...