तनहुँमा स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिमलाई दोब्बर बढी मतको अग्रता

हिमाली आवाज । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिनुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म १० हजार ६३८ मत गणना हुँदा वाग्लेले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई दोब्बर मतले पछि पार्नुभएको हो ।

वाग्लेले ५ हजार ९०० मत ल्याउँदा भट्टराईले २ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा रहनुभएका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १ हजार छ सय ५७ मत प्राप्त गर्नुभएको छ । तनहुँ १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहनुभएको छ ।

Comments
Loading...