पोखरामा आजदेखी पाटा शिखर सम्मेलन

हिमाली आवाज । पर्यटकीय शहर पोखरामा आजदेखी एसिया प्रशान्त क्षेत्रका ट्राभल संघसंस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएन’ पाटाको शिखर सम्मेलन सुरु हुँदैछ । शिखर सम्मेलन र एडभेन्चर ट्राभल मार्टको आवश्यक सम्पूर्ण तयारी पूरा भएर सुरु हुन लागेको हो ।

जेठ १९ गतेसम्म सम्मेलन चल्नेछ। नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनले कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न सहयोग गर्ने पाटाका सचिव सुमन पाण्डेले बताउनुभयो ।

शिखर सम्मेलनमा २२ मुलुकका १६० जना पाहुन सहभागी हुनेछन्। क्रेता र बिक्रेतासहित करिब २ सय ५० जना सहभागी हुने बताइन्छ ।
पाटाको बोर्ड बैठक, वार्षिक सम्मेलन र कोरोनापछिको पर्यटन प्रबद्र्धनका आयाम बारेमा अन्तरक्रिया हुनेछ। बिजनेस टु बिजनेस कार्यक्रम हुनेछ ।

अन्तर्राष्ट्रिय ट्राभल उद्योगमा ख्यातिप्राप्त वक्ताले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाइ सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनका सवालमा विचार गोष्ठि हुनेछ।

‘पोखराको प्रबद्र्धन गर्ने कार्यक्रम ल्याएका छौं। विमान दुर्घटनापछि जे जति पोखराको इमेज डेन्जर डेस्निेसन भनिएको थियो। यो ठाउँ सुरक्षित छ भन्ने म्यासेज विश्वलाई दिनेछौं’, पाटा महासचिव पाण्डेले भन्नुभयो ।

Comments
Loading...