अब असारदेखी भदौसम्म सडक खन्न नपाइने,खने कारबाही हुने

हिमाली आवाज । सरकारले वर्षायाममा सडक खन्न प्रतिवबन्ध लागएको छ ।

यससँगै वर्षा यामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबरजस्ती गरेमा कारबाही गर्ने जनाएको हो ।

जारी सूचना अनुसार आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन ।‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सूचनामा भनिएको छ, ‘कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Comments
Loading...