गण्डकी प्रदेश सरकारको बजेट घट्यो,३३ अर्ब ४२ करोड प्रस्तुत

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट ल्याएको छ ।

प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री जितप्रकाश आलेले आगामी वर्षका लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गर्नुभयो । कुल बजेटमा चालुतर्फ रु १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार विनियोजन गरिएको छ ।जुन कुल बजेटको ३८ दशमलव एक प्रतिशत हो ।

त्यसैगरी पूँजीगततर्फ रु २० अर्व १९ करोड चार लाख ६२ हजार छुट्टाइएको छ । पूँजीगत तर्फको बजेट ६० दशमलव ४ प्रतिशत हुन आउँछ । यसैगरी वित्तिय व्यवस्थापनतर्फ रु ५० करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकारले चालू आवमा रु ३५ अर्व ९० करोड ९० लाख बराबरको बजेट ल्याएको थियो । चालू आवको तुलनामा आगामी आवको बजेट रु दुई अर्ब ४८ करोडले न्यून हो ।

Comments
Loading...