माछापुच्छ्रेको घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर २२ वर्षीया युवतीको मृत्यु

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका—९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ ।

बुधबार दिउसो १५ः५० बजेको समयमा क्यानोनिङ गर्ने क्रममा पोखरा— २६ बुढीबजार बस्ने २२ बर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

क्यानोनिङ गर्ने क्रममा घाइते भण्डारीलाई उपचारका लागि पोखराको मणिपाल अस्पतालमा लगिएको थियो । चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बताइन्छ । क्यानोनिङ झरनाबाट झर्ने साहसिक खेल हो ।

Comments
Loading...