दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव:“जीवनमा सपना देख्न आँखा होइन,हिम्मत चाहिन्छ”

—कृष्ण दवाडी
हिमाली आवाज । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएछि सोमबार दिउसो सुनिता दवाडीमा खुशीको सीमा थिएन । पहिलोपटक जीवनमा हासिल गरेको अनुभव उहाँ शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन ।

शारीरिक रुपमा दृष्टिविहीन दवाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरको काम गर्नुहुन्छ । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्य समेत रहनुभएकी सुनिता प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउसो पोखरा आउनुभएको हो ।

पोखरा आएसँगै उहाँमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जव विहान उहाँ ‘टेकअफ’का लागि मान्द्रेढुँगा पुग्नुभयो, उहाँले त्यसपछि आफ्नो खुशी थाम्न सक्नुभएन ।

“प्याराग्लाइडिङमा उड्ने पहिलादेखीकै योजना थियो । कहिलो उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ की भन्न भनेर मनमा लागिरहेको थियो । ” दवाडीले भन्नुभयो,“उडेर हावाको प्रेसरले माथि मािथ जाँदा, दिशा परिर्वतन भएको अनुभव गर्न पाइयो । एकदमै रमाइलो लाग्यो । ”

पोखराको आकाशमा दवाडी जस्तै सोमबार दुई विदेशीसहित १० जना दृष्टिविहीनहरुले हावामा कावा खाँदै प्याराग्लाईडिङ गर्नुभयो ।
साहशिक खेल प्याराग्लाइडिङ गर्न जो कोही तत्कालै तयार हुँदैनन् । यसका लागि साहस चाहिन्छ, तर शारीरिक रुपमा फरक क्षमता भएका दृष्टिविहीनहरुले समेत साहसिक खेलकुदको मज्जा लिए ।

दृष्टिविहीनहरुलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाईन्ड रक्स’ संस्थाले मिलाएको थियो । प्याराइलाइडिङ गर्नेहरु एक÷दुई जना बाहेक सबैको पहिलो अनुभव थियो ।

बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्नुहुन्छ । उहाँमा समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित हुनुहुन्थ्यो ।
उहाँले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पना समेत गर्नुभएको थिएन । उहाँको भन्नुभयो,“ आकासमा उड्ने कहिल्यै कल्पना समेत गरकी थिइन, नयाँ अनुभव हासिल भयो, मनमा खुशीको सीमानै छैन ।”

चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केहीदिनदेखीनै थाहा पाउनुभएको थियो । तर आफूले पाउछु की पाउदिन भन्ने उहाँलाई थाहा दिएन । अघिल्लो दिनमात्र गर्न पाउने भन्ने शर्माले जानकारी पाउनुभयो । उहाँले भन्नुभयो,“ मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो । आकासमा उड्ने भनेपछि कस्तो हुने, आकासमा कस्तो हुन्छ होला भन्ने थियो । तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो ।”

ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो । उहाँलेनै यस कार्यको अग्रसरता लिनुभयो र आफ्ना साथीहरुलाई अवसर प्रदान गर्नुभएको थियो । सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ यो समावेशी पर्यटन प्रवद्र्धन हो । यसबाट सफलता पुग्न अपाङ्गता र दृष्टिविहीनताले छैक्दन भन्ने सन्देश दिएको छ । जीवनमा उचाईमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहिनामा सीमित हुन जरुरी छैन । त्यो भन्दा मािथ उठ्न सक्छौँ, उड्न सक्छौँ ।”केसीको प्याराग्लाइडिङको अनुभवन पनि रोमाञ्चक छ । बादलभित्र हराउँदाको खुशी उहाँले शब्दमा व्यक्त गर्न सक्नुहुँदैन ।

उहाँले भन्नुभयो,“मेरो पाइलटले बादल छुहाउन लैजानु भयो । बादलमािथ पुग्ने उचाईमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ । बादलभित्र हराउँदाको खुशीले मनमा छुट्टै उत्साह र उर्जा मिल्यो । जीवनमा सपना देख्न आँखा होइन,हिम्मत र आत्मवल चाहिन्छ र त्यो कहिल्यै पनि अपाङ्गता हुँदैन ।”प्याराग्लाइडिङ पाइलट राम गौतम दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको बताउनुभयो ।
अन्य सामान्य नागरिकले आँफैले देखेर आनन्दित हुने खुशीमा रमाउने गरेपनि दृष्टिविहीनहरुलाई पाइलटले बर्णन गरिदिँदा उहाँहरुमा समेत अन्य नागरिक सरह उत्साहित भएको गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सामान्य नागरिक उडान भर्दा हिमाल,ताल, डाँडाकाँडा देखेर रमाउनुहुन्छ । दृष्टिविहीनहरुलाई हामीले तपाई तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर बर्णन गछौँ,यसो भन्दा उहाँहरु समेत उतसहित हुनुहुन्छ ।”

Comments
Loading...