‘हेम देवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट स्वामी कमलनयनाचार्य सम्मानित

हिमाली आवाज । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य महाराज(मुक्तिनाथ बाबा)लाई ‘हेम देवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार—२०८०’बाट पुरस्कृत हुनुभएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको सो पुरस्कार आज स्वामीलाई अर्पण गरिएको हो ।

पुरस्कारको राशी रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र समितिका अध्यक्ष गणेशबहादुरु श्रेष्ठले सो पुरस्कार स्वामी कमलनयनाचार्यलाई प्रदान गर्नुभयो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधानले आफ्ना बुबा÷आमाको नाममा रु १५ लाखको अक्षयकोष खडा गरी सो पुरस्कार स्थापना गर्नुभएको हो ।

नेपालको पवित्र तीर्थस्थल मुक्तिनाथ, विन्ध्यवासिनी, बाग्लुङको पञ्चकोट लगायतका धार्मिकस्थल तथा शक्तिपीठको विकास तथा सनातन धर्म संस्कृतिमा पु¥याएको योगदान स्वरुप स्वामी कमलनयनाचार्य सो पुरस्कार प्रदान गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो ।

नेपालको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि यस पुरस्कारबाट सत्यमोहन जोशी,आत्मानन्द गिरी,तुलसी दिवस र दुर्गा घिमिरे पुरस्कृत भइसक्नुभएकोछ ।

पुरस्कार अर्पण समारोहलाई सम्वोधन गर्दै पर्यटनमन्त्री किरातीले नेपाली पर्यटनलाई नेपालको मौलिकतामा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“अबको पर्यटनको विकासको मोडालिटी संस्कृति र प्रकृतिमैत्री हुनुपर्दछ । अर्काको देशको नक्कल गरेर हामीले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैनौँ । नेपाली मौलिकताको पर्यटन संस्कृति र प्रकृतिको समायोजननै हो । ”

पर्यटनमन्त्री किरातीले केही वर्षमानै नेपाल संसारकै पर्यटनको केन्द्र बन्ने उल्लेख गर्नुभयो । विश्वका लाखौँ पर्यटक एकान्तमा ध्यानका लागि नेपालजस्तो सुन्दर भूमिमा आउने उल्लेख गर्दै उहाँका प्रत्येक चोक, मन्दिर, भेषभुसा तथा भाषाभाषी पर्यटनका गन्तव्य बन्ने जिकिर गर्नुभयो ।
गण्डकी प्रदेशका दुई प्रख्यात धार्मिकस्थल मुक्तिनाथ र विन्ध्यवासिनीलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । “

पाहुनाको सुन्दर मनलाई विन्ध्यवासिनीको दर्शनले थप सुन्दर बनाउने छन् । तपाईको जति सफा हृदय छ त्यतिनै यहाँ आएर थप शुद्धता भएर जानुपर्दछ भनेर पर्यटकलाई आकर्षित गर्नु आवश्यक छ ।”मन्त्री किरातीले भन्नुभयो । पुरस्कृत व्यक्तित्व कमलनयनाचार्यले सनातन धर्म संस्कृति र धार्मिक सम्पदाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

Comments
Loading...