टिभिएस स्कुटर किन्दा पोखराकी कृपालाई ५६ हजार उपहार

हिमाली आवाज । पोखराकी कृपा शर्माले टिभिएस कम्पनीको स्कुटर खरीदमा ५६ हजार नगद जित्न सफल हुनुभएको छ ।

पोखरा नयाँबजार बतास ब्रदर्श स्थित टिभिएस शोरुमबाट एनटर्क आरटिएफआई स्कुटर खरीदमा उहाँले सो पुरस्कार जित्नुभएको बतास ब्रदर्श टिभिएसका म्यानेजर सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

टिभिएसले दशैँ तिहार पर्वलाई लक्ष्य गरी विभिन्न उपहार योजनाहरु ल्याएको छ । अफर अन्तर्गत टिभिएस बाइक तथा स्कुटरको खरीदमा किन्नु अघि स्क्राच कार्डमार्फत रु एक लाख सम्म जित्ने र खरीदपछि रु पाँच लाखसम्म जित्न सकिने योजना रहेको छ ।

त्यसैगरी हरेक महिना लक्की ड्रमार्फत १०० प्रतिशत क्यास ब्याक र बम्परमा रु १० लाख उपहारको योजना रहेको प्रवन्धक पोखरेलले बताउनुभयो ।

Comments
Loading...