पोखराको विन्ध्येश्वरी आदर्श स्कुलमा नेपाली वादविवाद र संवाद कार्यक्रम

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १ मोहरिया टोलमा अवस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद र संवाद कार्यक्रम सम्पन्न भएको छ ।

‘‘गुणस्तरीय शिक्षा,अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयले हरेक शुक्रबार विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा ९ की छात्रा अनिता बि.क. प्रथम र कक्षा १० की छात्रा द्वितीय हुनुभयो ।

आधारभुत (सिनियर) तर्फ कक्षा ८की छात्रा प्रशंशा कार्की प्रथम, सोही कक्षाकी छात्रा अंशु भुजेल द्वितीय,कक्षा ६ की छात्रा अंकिता पौडेल तृतीय र सोही कक्षाकी सुबी श्रेष्ठले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।

आधारभुत (जुनियर) तर्फको नेपाली संवाद प्रतियोगितामा आदित्य लम्साल र पेरिस पौडेलको समुह प्रथम,अंकित मन्ना र उत्कर्ष विष्टको समुह द्वितीय र सखिम बास्तोला र युनिका खनालको समुह तृतीय भएका छन् ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन आधारभूत तहमा फुलु रोकामगर र मा.वि. तहमा अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नु भएको थियो ।

Comments
Loading...