पोखराको हल्लनचोकमा ‘टिभिएसको च्याम्पियन एक्सचेञ्ज’, ग्राहकलाई अतिरिक्त छुट

हिमाली आवाज । टिभिएस कम्पनीका बाइक तथा स्कुटरहरुको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा टिभिएस च्याम्पियन एक्सचेञ्जको आयोजना गरेको छ । बतासले यही असोज २६ देखी कात्तिक १ गतेसम्म लेकसाइडको हल्लनचोकमा सो कार्यक्रम आयोजना गरेको हो ।

च्याम्पियन एक्सचेञ्जमा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको साटफेर गरी नयाँ टिभिएस ब्राण्ड चढेर जान सकिने कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले दशैँ तथा तिहार पर्वलाई लक्ष्य गरी ल्याएको “हर मोडमा उमङ्ग”अफर अन्तर्गतका छुट, सहुलियत तथा अफरहरु ग्राहकलाई प्रदान गरिने बतास ब्रदर्श टिभिएसका म्यानेजर सन्तोष पोखरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार टिभिएस बाइक तथा स्कुटरको खरीदमा किन्नु अघि स्क्राच कार्डमार्फत रु एक लाख सम्म जित्ने र खरीदपछि रु पाँच लाखसम्म जित्न सकिने योजना रहेको छ ।

त्यसैगरी टिभिएस च्याम्पियन एक्सचेञ्जमा रु १० हजार थप मुल्यांकन,शुन्य प्रतिशत ब्याजदर, २५ प्रतिशत डाउन पेमेन्ट,बाइक कभर, हेल्मेट र झोला निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

पोखरेलले भन्नुभयो,“ टिभिएसको च्याम्पियन एक्सचेञ्जमा ग्राहकहरुलाई दशैँ स्किम सहित अन्य विभिन्न छुटहरु प्रदान गर्नेछौँ ।”
टिभिएसको उपहार योजनामा हरेक महिना लक्की ड्रमार्फत १०० प्रतिशत क्यास ब्याक र बम्परमा रु १० लाख उपहारको योजना रहेको छ ।

Comments
Loading...