गणेश पहारी
हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्कमा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण पहारी पुनः दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ।
सहकारीको दोस्रो निर्वाचन सहितको पाचौं बार्षिक साधारण सभाले आगामी चार बर्षे कार्यकालका लागि पहारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।यसैगरी संस्थाको उपाध्यक्षमा दयाल गिरी, सचिब कमल तिमिल्सीना, ससचिब शक्ति प्रधानाङ र कोषाध्यक्षमा सनोज पहारी चयन हुनुभयो ।
सदस्यहरुमा तिलाबति अधिकारी कोइराला र महेन्द्र पुन चयन हुनुभएको छ । नौ सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले चयन गर्ने प्राबधान रहेको निर्वाचन संयोजक जगत बहादुर पहारीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
संस्थाको साधारणसभाले विभिन्न उपसमिति समेत गठन गरेको छ । लेखा तथा सुपरिक्षण समितिको संयोजकमा प्रेमराज पहारी सदस्यहरुमा दुर्गा अधिकारी र बबिन नेपाली हुनुहुन्छ । ऋण परिचालन उपसमितिको संयोजकमा दयाल गिरी र सदस्यहरुमा शोभाखर गौतम र रमेश थापा लाई चयन गरिएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सासद प्रकाश बरालले कार्यक्रमको सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको उल्लेख गर्नुभयो । उहाँले संचालकहरुले सहकारीको उद्देश्य र सिद्धान्तमा रहेर काम गर्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनोभावना अनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने प्रतिवद्धता जनाउनुभयो।
सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पूँजीलाई गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरिएको उहाँको भनाई छ ।
पोखरा महानगर पालिका वडा नं २ वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार दिवशमान प्रधानाङगले सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्न आग्रह गर्नुभयो ।
पहारी कुल संरक्षण समितिका राष्ट्रिय अध्यक्ष जगत बहादुर पहारीले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दयाल गिरी, सचिब कृष्ण तिमिल्सीना सल्लाहकार राजु क्षेत्री,हरिबशं सहकारी पो.न.पा १८का अध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, लेखा संयोजक प्रेमराज पहारी लगाएतका बक्ताहरुले बिषम परिस्थिीतिमा संस्थालाई जोगाइन राख्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
विसं २०७५ मा स्थापना भएको सहकारीमा ३ करोड ४६ लाख २५ हजार २ सय शेयर पुजि रहेको छ । ७ करोड ८७ लाख २१ हजार २ सय ७० रुपैया लगानी रहेको सहकारीमा निक्षेप ५ करोड २९ लाख ८४ हजार ६ सय ९९ रुपैया भएको जानकारी सभामा गराएका थिए । सहकारीको खुला सदस्य नीति अनुुरुप हालसम्म १ हजार १ सय ४ जना शेयर सदस्य रहेका छन ।