आयुषलाई पोखरामा सम्पन्न राष्ट्रिय स्नुकरको उपाधि

हिमाली आवाज । पोखरामा सञ्चालन भएको राष्ट्रि«य स्नुकर प्रतियोगिता २०८० को उपाधि इटहरीका आयुष गौतमले जित्नुभएको छ ।
पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस् बारमा आज सम्पन्न फाइनल खेलमा गौतमले काठमाडौँका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनुभयो ।

च्याम्पियन गौतमले नगद रु एक लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता हुनु भएका तामाङले नगद रु ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

यसैगरी प्रतियोगितामा नयाँ रेकर्ड कायम भएको छ । फाइनल खेलमा वाङचुले एक सय ३२ को ‘टेवल क्लियरेन्स’ गरी ‘हाऐष्ट ब्रेक’ गरी नयाँ रेकर्ड कायम गर्नु भएको प्रतियोगिता आयोजक फाइनल स्कोर स्पोर्टस बारका अध्यक्ष सोम विकले जानकारी दिनुभयो । यस अघि काठमाडौंका राजन लामाको नाममा एक सय १० को रेकर्ड रहेको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा पराजित हुनु भएको काठमाडौँका दुई खेलाडी राजन लामा र रेगन श्रेष्ठलाई ट्रफीको साथमा जनही नगद रु २०÷२० हजारका दरले पुरस्कार पाउनुभयो ।

पर्यटकीय सहर पोखरामा खेल पर्यटनको प्रवद्र्धनको उद्धेश्य सहित यही १३ देखि माघ सञ्चालन भएकोे उक्त प्रतियोगितामा एक सय २३ जना खेलाडीहरुले उपाधिका लागि प्रतिस्पर्धा गरेको आयोजक संस्थाका सञ्चालक प्रताप गुरुले बताउनुभयो ।

प्रतियोगिता वेष्टअफ १३ मा भएको हो । प्रतियोगिताको मुख्य निर्णायकमा गणेश जिसी र राजु गुरुङ रहनु भएको थियो भने अन्य निर्णायकमा विश्व कार्की, संगम रसाइली, पारस सुनार र निरज गुरुङ रहनु भएको थियो । पोखरा महानगरपालिकाको मुख्य प्रायोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

विजयी खेलाडीहरुलाई पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी, कास्की विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाही(दिलीप), खेलकुदकर्मी बिष्णु गुरुङ, जिनेश गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले पोखरा १७ मा खेलकुद, पर्यटन सहित धार्मिक पर्यटनको अथाह सम्भावना भएको वडा भएको दाबी गर्नु भयो । उक्त प्रतियोगिताले पोखरा क्षेत्रको पर्यटनमा टेवा पुगेको दाबी गर्नु भयो ।

Comments
Loading...