पोखराको सेती नदीमा माछा मार्ने क्रममा डुबेर एकको मृत्यु,एक बेपत्ता

हिमाली आवाज । पोखरामा सेती नदीमा माछा मार्ने क्रममा एक डुबेर एक जनाको मृत्यु भएको छ । अर्का एक बेपत्ता भएका छन् ।

पोखरा–१७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता कसेरी बस्ने ४० वर्षीय मंगा तामाङको शव गोताखोर र बिपद् उद्धार टिमले निकालेको प्रहरीले निकालेको हो । सोही ठाउँ बस्ने ४३ वर्षी रक्सेस तामाङको खोजी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पाँच जनाको समूहमा माछा मार्न गएका उनीहरु मध्ये दुई जना नदीमा बेपत्ता भएका थिए । बाँकी तीन जना भने सकुशल रहेको बताइन्छ ।  बेपत्ता तामाङ्गको गोताखोर र बिपद् उद्धार टिमले  खोजी कार्य जारी राखेको  बताइन्छ ।

Comments
Loading...