पोखराका सडक आश्रित २५ जनालाई उद्दार गरियो, मानव सेवा आश्रममा पठाईयो

हिमाली आवाज । पोखराका सडक आश्रित २५ जनालाई उद्धार गरिएको छ । यही चैत १ गते वडा प्रहरी कार्यालय बैदाम कास्की र पोखरा महानगरपालिकाबाट नगर प्रहरी समेतको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा माग्दै हिड्ने २५ जना व्यक्तिहरुलाई उद्दार गरी ९ जना पुरुषहरुलाई मानव सेवा आश्रम हेम्जा र ४ जना महिलाहरुलाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको हो ।

भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न रोक लगाइएको छ ।

यसैगरी बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइने छ छ ।  बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

 

 

Comments
Loading...