पोखराको विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १ मोहोरियाटोलमा अवस्थित विन्ध्येश्वरी आदर्श बोर्डि बोर्डिङ स्कुलमा आज अंग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न भएको छ ।

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको विद्यालयले आयोजना गरेको हस्तलेखन कार्यक्रममा कक्षा एल.के.जी. देखि कक्षा १० सम्मका विद्यार्थीहरु अनिवार्य रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा नेपाली हस्तलेखनतर्फ मा.वि.तहमा कक्षा १० की छात्रा अनिता बि.क. प्रथम, कक्षा ९ की छात्रा आयुष्का पाइजा द्वितीय र कक्षा १० का छात्र प्रमेश गुरुङ तृतीय हुनुभयो । आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ६ की छात्रा सबिता सुनार द्वितीय र कक्षा ८ की छात्रा सृष्टि खड्काले तृतीय स्थान हासिल गर्नुभयो ।

यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ५ की छात्रा रुपा ठकुरी प्रथम, सोही कक्षाकी केन्जल जि.सी. द्वितीय र कक्षा ४ की छात्रा दीया क्षेत्री तृतीय भएका छन् भने आधारभुततहकै (जुनियर) तर्फ कक्षा ३ की छात्रा मौ भौमिक प्रथम, कक्षा २ की छात्रा एन्जिला थापा द्वितीय र सोही कक्षाकी छात्रा इभानी बास्तोला तृतीय हुनुभयो । यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट रुबी परियार प्रथम, पारोमिता मोन्डल द्वितीय र श्रीया मगर तृतीय, कक्षा यु.के.जी.बाट सनम बराइली प्रथम, सलोम राई द्वितीय र सुप्रिम थापा तृतीय, कक्षा एल.के.जी.बाट सृष्टि मोन्डल प्रथम, निरोसा पाइजा द्वितीय र सोनाक्षी कनारले तृतीय स्थान हासिल गर्नुभयो ।

यसैगरी अङ्ग्रेजी हस्तलेखनतर्फ मा.वि.तहमा कक्षा १० का छात्र प्रमेश गुरुङ प्रथम, सोही कक्षाका छात्र सौरभमान शाक्य द्वितीय र कक्षा ९ की छात्रा प्रशंशा सुनार तृतीय हुनुभयो । आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा अंकिता पौडेल प्रथम, सोही कक्षाकी छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ की छात्रा एस्थर तामाङ तृतीय हुनुभयो ।

आधारभुत (जुनियर) तर्फ कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, सोही कक्षाका एलेक्स कुँवर द्वितीय र कक्षा ४ की छात्रा युनिका खनाल तृतीय तथा आधारभुततहकै (जुनियर) तर्फ कक्षा ३ का छात्र सौगात हमाल प्रथम, सोही कक्षाकी छात्रा भौमिक द्वितीय र कक्षा २ की छात्रा एन्जिला थापा तृतीय हुनुभयो । यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट रुबी परियार प्रथम, सुगम पौडेल द्वितीय र यान्ना राना मगर तृतीय, कक्षा यु.के.जी.बाट सुप्रिम थापा प्रथम, अन्सिका पल द्वितीय र यान्सिका नेपाली तृतीय, कक्षा एल.के.जी.बाट ब्रेसन थापा प्रथम, निरोसा पाइजा द्वितीय र सृष्टि मोन्डल तृतीय भएको विद्यालयले जनाउको छ ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त प्रतियोगितामा विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले विद्यालयले हरेक हप्ताको शुक्रबार गरिने यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको चौर्तफी वृद्घि विकास हुन सहयोग गरेको बताउनुभयो । यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।

Comments
Loading...