पोखराको सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने चार ट्याक्टर नियन्त्रणमा

हिमाली आवाज । पोखराको सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका वडा नं.१४ बाच्छीबुडा स्थित अवैध रुपमा नदिजन्य पदार्थको चोरी निकासी भई रहेको भन्ने सूचनाको आधारमा आज अस्थायी प्रहरी पोष्ट चाउथेबाट खटिएको प्रहरी टोलीले नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खन्न गरी लोड गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीले ग १ त ३३२० नम्बरको ट्याक्टर, ग १ त ३३३१ नम्बरको ट्याक्टर, ग १ त ३६२४ नम्बरको ट्याक्टर र ग १ त ६५१७ नम्बरको ट्याक्टर गरी ४ वटा सवारी साधनलाई फेलापारी चेकजाँच गर्दा प्रयोजन खुल्ने कागजात साथमा नभएकोले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

Comments
Loading...