हिमाली आवाज । चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गरेको ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० ’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुनुभएको छ ।
सङ्घको छैटौँ साधारणसभाका अवसरमा शनिबार पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपाललाई सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी रु ३५ हजार, सम्मानपत्र र दोसल्ला रहेको थियो ।
गण्डकी प्रदेशमा चलचित्र पत्रकारिता गर्दै आएका पत्रकारमध्येबाट बर्सेनि एक जनालाई सो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
पुरस्कृत व्यक्तित्व नेपाल हाल पोखराको आदर्श समाज दैनिकमा कार्यरत हुनुहुन्छ । उहाँले राष्ट्रिय समाचार समिति(रासस)मा समेत केही वर्ष काम गर्नुभयो । पत्रकार नेपालले मुख्यगरी फिल्म तथा रङ्ग पत्रकारितामा कलम चलाउँदै आउनुभएको छ ।

पाल्पाको रिव्दीकोट गाउँपालिका–७ मैनादी स्थायी घर हुनुभएका नेपाल दुई दशकदेखी पोखरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ ।
चलचित्र पत्रकारिता पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वा र परिवारद्वारा नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्ने उद्धेश्यले स्थापना गर्नुभएको हो ।यसैगरी साधारणसभाका अवसरमा फिल्कर्मी विनोद शेरचनलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
शेरचनले कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ लगायतका फिल्म निर्माण गर्नुभएको थियो । नेपाली चलचित्र क्षेत्रमा शेरचनले पु¥याएको योगदान स्वरुप सो सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारीले बताउनुभयो ।