हिमाली आवाज । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं ३१ किमबेशी बस्ने २५ वर्षीय बिष्णु थापा मगरलाई वडा नं ३० खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
घटनामा घाइते भएका थापामगरलाई उपचारको लागी सरुवा तथा संक्रमण अस्पताल शिसुवा लगेकोमा चिकित्सकले साँझ ५ः४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।