पोखरामा सिट भन्दा बढी विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही

हिमाली आवाज । पोखरा महानगरभित्र सञ्चालन हुने स्कुल बसको आज अनुगमन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट स्कुल बसहरुलाई लक्षित गरी स्कुलबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले अनुगमन गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमि स्थित सडकखण्डमा पोखरा नगर भित्र संचालित ५५ वटा स्कुलबसहरुको गति लिमिट एवं सिट क्षमता सम्बन्धमा सवारी साधनहरुको चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।

स्कुलका सवारी साधनहरुलाई चेकजाँच गर्दा ३ वटा स्कुल बसले सिट क्षमता भन्दा बढी बिद्यार्थीहरु राखी संचालन गरेको पाईएकोले कसूर अनुसार कारबाही गरिएको बताइन्छ । यसैगरी अन्य सवारी साधनहरुमा जिल्ला ट्राफिक कार्यालय कास्कीबाट तयार गरिएको स्पिड लिमिट सम्बन्धी ५५ थान स्टिकरहरु टाँस गरी सडक सुरक्षा सम्बन्धमा सम्झाई बुझाईएको प्रहरीले जनाएको छ ।

Comments
Loading...