हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जनयुद्धको कदर गर्न सकेन मात्र संघीय लोकतान्त्रिक व्यवस्थाको सम्मान हुने बताउनुभएको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिकामा आज पार्टीको पालिका कार्यालय उद्घाटन तथा जनयुद्ध दिवसका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले जाति, धर्म र सम्प्रदायबीचको एकतालाई जनयुद्धले मजवुत बनाएको बताउनुभयो ।

महासचिव गुरुङले भन्नुभयो,“जनतालाई एकतावद्ध गर्ने अभियान जनयुद्ध हो, यो नेपाली जनतामा स्थापित भएको छ । कसैले मेटेर विस्थापित गर्न सक्दैन ।राज्यका स्रोत साधनलाई गाउँ गाउँमा लैजानु जनयुद्धको विचारसँग जोडिएको छ ।” नेता गुरुङले राष्ट्रिय एकता बलियो बनाएर मात्र विदेशी हस्तक्षेपलाई रोक्न सकिने उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रीय सदस्य दीपक कोइरालाले जनयुद्धको जगमा स्थापित व्यवस्थामा बसेर शासन गर्ने र राज्य स्रोतको हालिमुहाली गर्नेहरुलाई जनयुद्धको विरोध गर्न नसुहाउने बताउनुभयो । “जनयुद्धका कारणले अहिलेको परिर्वतन भएर तपाईहरु राज्यका विभिन्न पदमा हुनुहुन्छ तर त्यही जनयुद्धको अहिले अपमान गर्ने अधिकार छैन, पदमा बस्ने नैतिक अधिकार रहन्न ।” नेता कोइरालाले भन्नुभयो ।
पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी जहिले पनि जनताकाबीचमा रहेको बताउनुभयो । पालिका अध्यक्ष गोपाल पोखरेलको आगामी निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकामा माओवादीले नेतृत्व लिने गरी पार्टी गतिविधि अघि बढाइने बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरका कमिटीका सचिव जनकराज पराजुली माछाुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्ष डिल्लीराम भण्डारी, सचिव रामचन्द्र पौडेल लगायतले भनाई राख्नुभयो । कार्यक्रममा नेकपा(एमाले), नेपाली काँग्रेस लगायतका पार्टी परित्याग गरी माओवादी प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।