हिमाली आवाज । पोखराको माउन्ट एभरेष्ट प्रि–स्कूलमा कक्षा २ मा पढ्छिन् छ वर्षीय भूमिलक्ष्मी पराजुली । पिता प्रमेश पराजुली र आमा अनिता रानाभाटकी ज्येष्ठ सन्तान भूमिले सानो उमेरमा किताव प्रकाशन गरेर सवैलाई चकित पारेकी छन् । उनले लेखेको पुस्तक ‘मर्मेड, व्हेल एण्ड प्रिन्सेस’ पोखरामा बिहीबारदेखि सुरू भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा विमोचन गरिएको हो ।

भूमिले ६ वर्षको उमेरमा दशैँ बिदामा यो कथा लेखेकी थिइन् । उनले कथासँगै चित्र कोरेर पुस्तक तयार पारेकी हुन् । चित्र र कथा पढ्न रुचाउने भूमिले यसअघि पनि कथा लेखेकी छिन् ।
तर, प्रकाशित कथा भने उनको यो पहिलो हो । आफ्नो पुस्तकका कथाले अरूलाई घृणा गर्न नहुने, हेपाहा प्रवृत्ति देखाउन नहुने पाठ दिने भूमिले सुनाइन् । गतवर्षको दशैं बिदामा विद्यालयले भूमिलाई कथा लेख्ने गृहकार्य दिएमा चित्रमा रुची भएकी भूमिले कथा सँगसँगै चित्र कोरिन् । यसरी बनेको पुस्तक विमोचन गर्न पाउँदा अभिभावक समेत छोरीको प्रगतिमा खुशी भएका छन् ।