हिमाली आवाज । हिमालय एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।
आगामी मार्च ३१ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । जुन एअरलाइन्सका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हुने कम्पनीको विश्वास छ ।

कम्पनीले काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्ने योजना बनाएको छ । प्रारम्भिक योजनाअनुसार काठमाण्डौ–ल्हासा उडान(एच९७७४) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा बिहान ८ः३० बजे उडान भर्ने र सोहीदिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ ।
त्यसैगरी, ल्हासा–पोखरा उडान (एच९७३१) ले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा १३ः१५ बजे उडान भर्ने र सोहीदिन नेपाली स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अवतरण गर्नेछ ।
यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (एच९ ७३२) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी अप्रिल १ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासागोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–काठमाण्डौ उडान(एच९७७५) ले ल्हासागोङ्गर विमानस्थलबाट अप्रिल १, २०२५, मा स्थानीय समयअनुसार १२ः३० मा प्रस्थान गरी सोहीदिन नेपालीस्थानीय समयअनुसार १२ः०५ मा काठमाण्डौ अवतरण गर्नेछ ।