हिमाली आवाज । चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन ।
पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ । सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जिएसए) सोसाइटी इन्टरनेसनल रहेको छ ।
यसैगरी हिमालय एयरलाइन्सले आगामी चैत्र १८ (मार्च ३१)देखि पोखराबाट उडान सुरू गर्ने भएको छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले नियमित व्यवसायिक उडान गर्ने भएको हो। एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सातामा एउटा उडान गर्ने बताएको छ।

यो विमानस्थल २०७९ पुसमा सञ्चालनमा आएको हो। अहिलेसम्म नियमित व्यवसायिक उडान हुन सकेको छैन। हिमालयले व्यवसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ।
नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यवसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत बताएको छ।