पोखरामा युवाहरुलाई कुक र इलेक्ट्रिसियनको निःशुल्क तालिम चलाउँदै जिनिएस इन्स्टिच्युट

हिमाली आवाज । पोखरा महानगरपालिका–१० अमरसिँहचोकमा रहेको जिनियस मल्टी टेक्निकल इन्ष्टिच्यूट प्रालिले पोखरामा निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।

नेपाल सरकारको श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रलाय अन्र्तगतको बैदेसिक रोजगार बोर्डकोे आर्थिक सहयोगमा वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि एक सय ६० घण्टाको कुक तालिम सञ्चालन गर्ने जिनियस मल्टी इन्स्टिच्युट प्रालिका कार्यकारी अध्यक्ष नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका कामदारको परिवारको सदस्यहरुको लागि विल्डीङ इलेक्ट्रीसियनको तालिम दिइने अधिकारीले बताउनुभयो । “सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक राजेगार बोर्डको सहयोगमा तालिम गर्न लागिएको हो । इच्छुक व्यक्तिहरुसँग आवेदन मागेका छौँ । यसका लागि सबै पालिकाहरुमा समेत पत्राचार गरेका छौँ । ” अधिकारीले भन्नुभयो ।

दुवै तालिमका लागि सहभागी संख्या ४० जना रहेको बताइन्छ । गरिब , विपन्न,दलित , महिला, पिछाडिएको वर्ग, अपाङ्ग, शहिद परिवार तथा एकल महिलालाई तालिममा प्रामथिकता दिइने संस्थाले जनाएको छ । तालिमका सहभागी इच्छुक व्यक्तिहरुले यही वैशाख २ गतेभित्रमा आवेदन गर्नुपर्ने बताइन्छ ।

Comments
Loading...