नेपाल निर्माण व्यवसायी संघ कास्कीको साधारणसभामा सम्मान र विविध कार्यक्रम हुँदै

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३१ औँ वाषिक साधारणसभा यही वैशाख १३ गते पोखरामा हुने भएको छ । साधारणसभामा सम्मान र विविध कार्यक्रमहरु गरिने जनाइएको छ ।

सो अवसरमा संस्थाले प्रकाशन गरेको विसं २०८२ को टेवल क्यालेण्डर समेत विमोचन गरिने संघका अध्यक्ष लिलकाजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणसभामा निर्माण व्यवसायीका छोराछोरी मध्येबाट गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र तथा छालाई नगद सहित पुरस्कृत गरिने छ । त्यसैगरी संघका उत्कृष्ट निर्माण व्यवसायीलाई समेत कार्यक्रममा सम्मान गर्ने कार्यक्रम छ ।

साधारणसभालाई भव्य बनाउनका भोजन व्यवस्थापन उपसमिति, युवा परिचालन उपसमिति, अतिथि स्वागत सत्कार उपसमिति, मञ्च व्यवस्थापन लगायतका उपसमिति गरिएको र तयारी अन्तिम चरणमा पुगेको संघका सचिव डम्बरराज ढकालले बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने बताइएको छ । साधारणसभामा विभिन्न प्रतिवेदनहरु समेत प्रस्तुत हुनेछन् । संघको गत फागुन १९ गते बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको थियो ।

Comments
Loading...