हिमाली आवाज । सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।

रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन र नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्न र देशभरका बालबालिकालाई पढ्न पाउने हकबाट वञ्चित नगराउन आदेश जारी गर्नु भएको हो ।
त्यस्तै ‘शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिनु’ आदेशमा भनिएको छ । साथै कक्षा १२ को वार्षिक परीक्षासमेत नसारी तोकिएको समयमा नै गर्नसमेत आदेश दिएको छ ।