हिमाली आवाज । पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गर्नुभएको छ ।
काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो ५ औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रममा उहाँले सो अवार्ड प्राप्त गर्नुभयो ।

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गर्नुभयो । उत्कृष्ट ५ मनोनयनमा परेका विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, सागर गिरीलाई उन्छिन्दै थापाले अवार्ड हात पार्नुभएको हो ।
उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल रहनुभएको थियो