‘लायन्स कप’ अन्तर्राष्ट्रिय भलिबलको तयारी पूरा, दुई विदेशी सहित छ टोलीले प्रतिस्पर्धा गर्दै

हिमाली आवाज ।पोखरामा यही वैशाख १८ देखी २२ गतेसम्म पहिलो संस्करणको ‘लायन्स कप’ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ ।
पोखरा रङ्गशालाको बहुउद्धेश्शीय हलमा ‘लिग कम नकआउट’का खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा दुई विदेशीसहित कुल छ टिमको सहभागिता रहने निश्चित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विदेशी टोलीमा इरान र भारतको टोली रहेको छ । यसैगरी गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाख ४४ हजार चार सय ४४ शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ ।

यसैगरी उपविजेताले नगद रु दुई लाख ४४ हजार चार सय , शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । तृतीय हुने टोलीले नगद रु एक लाख ४४ हजार चार सय ४४ शिल्ड, मेडल तथा ट्रफीद्वारा पाउनेछन् । विधागततर्फ उत्कृष्ट पाँच विधामा जनही रु आठ हजार चार सय ४४ का दरले नगद पुरस्कार पाउने जनाइएको छ ।

“लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय खेलाडीहरुसँग प्रतिस्पर्धाको अवसर प्रदान गर्नु हो । ” डिष्ट्रिक्ट गर्भनर अर्यालले भन्नुभयो ।
प्रतियोगिताबाट पोखरालाई खेल पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने तथा खेलकुदमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने जनाइएको छ ।

Comments
Loading...