पोखरा स्पोर्टस् अवार्ड:चार विधामा मनोनयन सार्वजनिक

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौं संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले अवार्ड अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ ।

जस अनुसार वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलका अरुणा शाही(म्याग्दी),फेन्सिङका कृपा गुरुङ(स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा(बाग्लुङ मनोनयनमा पर्नुभएको छ ।
यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी(नवलपुर), टेनिसका प्रदीप खड्का(कास्की) र फुटबलका सुमित श्रेष्ठ(कास्की) मनोनयनमा पर्नुभएको छ ।
उदीयमान खेलाडीतर्फ एथलेटिक्सका बादल कार्की(बाग्लुङ), भलिबलका जीतबहादुर सार्की(स्याङ्जा) र क्रिकेटमा रचना चौधरी(कास्की) तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा(कास्की), रमेश केसी(स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ(कास्की) मनोनयनमा पर्नुभएको छ ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्धेश्यले वर्षेनी अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती(एमवि आस्था)ले बताउनुभयो ।
अवार्डको तयारीका लागि अध्यक्ष आस्था संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ ।
जसमा आर्थिक संकलन उपसमिति संयोजकमा विमल तिवारी, प्रचार–प्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, संघसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण दवाडी र स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रविन मगर रहनुभएको छ ।
यसैगरी साँस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति बसन्त सेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल रहनुभएको छ ।

यसैगरी मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मुल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली रहेका मञ्चका महासचिव प्रशुराम आचार्य शर्माले जानकारी दिनुभयो ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

Comments
Loading...