हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं.३मा अवस्थित नारायण श्री महर्षि गुरुकुल विध्याश्रमका विध्यार्थीहरूलाई ४० थान ट्रयाक सुट सेट वितरण गरिएको छ ।

पोखरा महानगर पालिका वडा नं–३ नदीपुरमा रहेको रत्न श्री जीमका संस्थापक स्व वकिलमान (शंकर) उदासको स्मृतिमा उहाँका छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले गुरुकुल विध्याश्रमका विध्यार्थीहरूलाइ ट्रयाक सुट सेट वितरण गर्नुभएको हो । सो अवसरमा पालिखे चोकका विक्रम पालिखेबाट प्रदान गरिएको खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योति उदासबाट हस्तान्तरण गरियो ।
दाताहरूको शुभमंगलको कामना गर्दै वटुक विद्यार्थीहरूले स्वस्ति वाचनका साथ मंगल कामना पाठ गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दाता परिवारजनमा धन्यवाद सहित आभार प्रकट गर्नुभयो पोखरा ३ का वडा अध्यक्ष प्रकाशमान उदासले स्व वकिलमान उदासको जीवनी माथी प्रकाश पार्नुभयो । रत्न श्री जिम पोखराको सबैभन्दा ठूलो र पुरानो व्यायामशाला हो । हाल पुनःनिर्माण सहित अत्याधुनिक सुविधा सहित सञ्चालनमा रहेको छ ।